४२० प्रतिशतले नाफा बढाएको लक्ष्मी सन्‌राइज बैंकको खराब कर्जा ५.४४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सन्‌राइज बैंकको नाफामा ४२०.५३ प्रतिशतले वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जनगरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा १० करोड ३० लाख रुपैयाँ थियो । बैंकको गत वर्षको तीन महिनाको नाफाभन्दा चालु वर्षको तीन महिनाको नाफा ५.२० गुणाले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९० पैसा थियो भने अहिले बढेर ९ रुपैयाँ २५ पै सा भएको छ । तर, बैंकको खराब कर्जामा भने सुधार देखिएको छैन । गत वर्षको तीन महिनाको तुलनामा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत थियो भने अहिले बढेर ५.४४ प्रतिशत पुगे को छ ।

बैंकको ब्याज आम्दानी घटेको छ । गत वर्षको तीन महिनामा नौ अर्बभन्दा बढी ब्याज आम्दानी गरेको यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा सात अर्ब ७२ करोड रु पैयाँ ब्याज आम्दानी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा साढे एक अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एक अर्ब …

प्रतिकृया दिनुहॊस