नबिल बैंकको नाफा दुई अर्बभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिको तुलनामा नाफा ३९.९७ प्रतिशले वृद्धि भएको हो ।

गत वर्षको पहिलो त्रैमासमा नबिलले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको ब्याज आम्दानी भने घटेको छ । बैंकले असाज मसान्तसम्म १० अर्ब ८१ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा नबिलले १२ अर्ब १३ करोड १८ लाख ब्याज आम्दानी गरेको थियो ।

बैंकको ग्रस एनपीएल भने ४.२४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ग्रस एनपीएल ३.६९ प्रतिशत थियो । बैंकले चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने तनि खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंकको नाफा ५० करोड ३२ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेको छ । …

प्रतिकृया दिनुहॊस