भदौमा बैंक तथा वित्तिय संस्थाको खुद मुनाफा २० अर्ब, नबिल र मुक्तिनाथ अगाडि

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । भदौमा बैंक तथा वित्तीय संस्थाहरूले कूल २० अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिमा प्रमुख बैंकहरूमध्ये नबिल बैंक, विकास बैंकहरूमा मुक्तिनाथ, र फाइनान्स कम्पनीहरूमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले अग्रस्थान ओगटेका छन् ।

कमर्शियल बैंकहरूको मुनाफा १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ, जसमा नबिल बैंकले १ अर्ब ६६ करोड खुद मुनाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड मुनाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गर्दै तेस्रो स्थानमा पुगेको छ । यसैगरी, हिमालयन र कुमारी बैंकहरूले पनि उल्लेख्य प्रगति गरेका छन् ।

विकास बैंकहरूको कूल मुनाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। मुक्तिनाथ विकास बैंकले ३२ करोड ५८ लाख खुद मुनाफा कमाएको छ भने गरिमा विकास बैंकले २८ करोड ८९ लाख आर्जन गरेको छ । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख रुपैयाँ मुनाफा हासिल गरेको छ । १७ मध्ये ११ वटा विकास बैंक नाफामा देखिएका छन् भने ६ वटा विकास बैंक घाटामा गएका छन्, जसमा नारायणी, सप्तकोशी, सिन्धु, कर्णाली, मितेरी, र एक्सेल डेभलपमेन्ट बैंक छन् ।

फाइनान्स कम्पनीहरूले कूल ८७ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्, जसमा गुहेश्वरी मर्चेन्ट बैंकले ५३ करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ५७ लाख मुनाफा हासिल गरेको छ । गत वर्षको तुलनामा १७ मध्ये ४ वटा फाइनान्स कम्पनीले मात्रै यो वर्ष नाफा देखाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ Building Energy Efficiency in Nepal -BEEN प्रोजेक्टमा सहकार्य समझदारी सम्पन्न

Global_ime_bank

प्रतिकृया दिनुहॊस