बैंकिङ्ग

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय भूमिका …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु मध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशत सम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५५ छुट पाउनेछन्। यो छुट प्राप्त गर्नलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ। डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बिमा बापत रु ५० लाख हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैङ्कले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति रु १० लाखको दरले कुल रु ५० लाख हस्तान्तरण गरिएको छ । बैङ्कका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । दुर्घटना बिमा बापतको बिमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

काठमाडौँ । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । बैंकले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडी उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई गाडीको चाबी (साँचो) हस्तान्तरण गरेका छन् । प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ । गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र …

पुरा पढ्नुहॊस »

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार २९ असारदेखि, सीईओमा शाह

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो । यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । असार २९ गतेदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा ९ मा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था यती फाइनान्सका संस्थापक अध्यक्ष स्व. अशोक श्रेष्ठको स्मृतिमा स्थापित अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्व।अशोक श्रेष्ठकी श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थी भोम्जनलाई हस्तान्तरण गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा नुवाकोटका कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोटका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ। प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच गएको साउन ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरुलाई शुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो। सो सम्झौता अनुरुप नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को सहकार्यमा बैंकले सहुलियत कर्जा उपलब्ध गराएको हो। नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र कामना सेवा विकास बैंककाका तर्फबाट डेपुटी जनरल म्यानेजर हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन्। योसँगै कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउने ब्लुबर्ड …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा दश लाख रुपैयाँ दुर्घटना मृत्यृ बीमा दाबी भुक्तानी

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला मृतक ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा उनकी पत्नी बिमला गुरागाईंलाई सो रकम हस्तान्तरण गरिएको हो। बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुले रकम हस्तान्तरण गरेका थिए। बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »