अटिजम सिकाइ केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले दमक शाखाबाट अटिजम सिकाइ केन्द्रलाई सहयोग प्रदान गरेको छ ।

बैंकले दमक–९, इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाइ केन्द्रलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको हो । उक्त सामग्री आज विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्रधानध्यापकलाई हस्तान्तरण गरिएको हो ।

यस सहयोगबाट विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । महालक्ष्मी विकास बैंकले शैक्षिक र सामाजिक क्षेत्रका यस्ता पहलहरूबाट समग्र विकासमा योगदान पुर्‍यााउने विश्वास लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन र सामाजिक उत्तरदायित्वका अन्य कार्यमा सक्रिय सहभागिता जनाउँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको चाबहिलस्थित अप्टिक आइजमा कुमारी बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् …

प्रतिकृया दिनुहॊस