बैंकिङ्ग

प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

काठमाडाैँ । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ। बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो। प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले ११.९९% स्थिर ब्याजदरमा घर र एसएमई कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको बढेको ब्याजदर लागू

काठमाडौं । प्रभु बैंकले ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । विस्तृत जानकारीका लागि https://www.prabhubank.com मा गएर अथवा बैंकमा सम्पर्क गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले ब्याजदर बढायो

काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । आजदेखि लागु हुने गरि विभिन्न खातामा ब्याजदर बढाएको हो । अब ६ महिनादेखि १ वर्ष अवधिको मुद्दति निक्षेपमा ९.४९ र १ वर्ष तथा सोभन्दा माथिको अवधिको मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउँदै आएकोमा अब १०.९९ प्रतिशत पाउनेछन् । बैंकले संस्थागत निक्षेपमा भने ६ महिनादेखि ५ वर्षसम्म अवधिलाई ७ प्रतिशत …

पुरा पढ्नुहॊस »

बैंकहरूको नयाँ ब्याजदर लागू, कुनको कति ? (सूचीसहित)

काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर लागू भएको छ । भाद्र १ गते अर्थात आजदेखि नयाँ ब्याजदर लागू भएको हो । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् । भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् । अधिकांश बैंकहरूले भाद्र …

पुरा पढ्नुहॊस »

एक दर्जन बैंकले बढाए ब्याज, ४ वटाले घटाए (सूचीसहित)

काठमाडाैं । भाद्र महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भाद्र १ गते, शुक्रबारदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् । भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् …

पुरा पढ्नुहॊस »

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर (सूचीसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । हेर्नुहोस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ब्याजदर सार्वजनिक (पूरा विवरण)

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ । ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । हेर्नुहोस् सूची :-

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकको ब्याजदर भदौमा स्थिर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन महिनाकै ब्याजदर भदौमा लागू गर्ने भएको छ । बैंकले ब्याजदर सार्वजनिक गर्दै भदौमा ब्याजदर स्थिर राखेको हो । हेर्नुस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »

यस्तो छ नबिल बैंकको भदौ १ गतेदेखि लागू हुने ब्याजदर

काठमाडौँ । नबिल बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । हेर्नुहोस् पूरा विवरण :-

पुरा पढ्नुहॊस »