एनआइसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई सहज रूपमा आफ्नै घरको सपना पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित नयाँ योजना “एनआईसी एशिया साथी घर कर्जा” सार्वजनिक गरेको छ। ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित बैंकले ल्याएको यस योजनाअन्तर्गत न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. ३ करोडसम्मको कर्जा उपलब्ध गराइनेछ।

बैंकले घर तथा अपार्टमेन्ट खरिद, नयाँ घर निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्नका लागि यो सुविधा दिनेछ। यस कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने व्यवस्था गरिएको छ। बैंकका अनुसार यो कर्जा प्रक्रिया सहज र छिटो हुने भएकाले आफ्नै घर बनाउने वा खरिद गर्ने योजनामा रहेका ग्राहकलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ।

यस योजनामा पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिका लागि विशेष सुविधा समेत राखिएको छ। उनीहरूले कर्जा र धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशतसम्म पाउनेछन्। तर, अन्य श्रेणीका ग्राहकका लागि उक्त अनुपात अधिकतम ७० प्रतिशत तोकिएको छ।

एनआईसी एशिया बैंकले आकर्षक ब्याजदर र थप सेवासहित उपलब्ध गराएको यो कर्जा योजनाले आवास क्षेत्रमा नयाँ सम्भावना र ग्राहकमैत्री सुविधा ल्याउने विश्वास व्यक्त गरेको छ। बैंकले आफ्नो व्यापक शाखा सञ्जाल र डिजिटल सेवामार्फत यस कर्जालाई देशभरका इच्छुक ग्राहकसम्म पुर्‍याउने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप