बैंकिङ्ग

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता कार्यक्रममा …

पुरा पढ्नुहॊस »

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण तथा किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार …

पुरा पढ्नुहॊस »

चैतसम्म भाखा नाघेको ऋण असारभित्रै भुक्तानी गरे ऋणीलाई एनआईसी एसियाले ब्याजमा छुट दिने

काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा तल उल्लेख गरिए अनुसार भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत तालिकामा उल्लेख भए …

पुरा पढ्नुहॊस »

गरिमा बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट प्रदान गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्तगर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । सम्झौता पश्चात् गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको …

पुरा पढ्नुहॊस »

पीक्याफको सदस्य बन्यो एनआईसी एसिया बैंक, वातावरणीय दिगोपनामा प्रतिबद्ध

काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)को सदस्य बनेको छ। पीक्याफ एउटा ग्लोबल इनिसिएटिभ हो जहाँ विश्वका वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्। पीक्याफले ग्रिनहाउस ग्यास उत्सर्जनसँग सम्बन्धित कर्जा र लगानीको अध्ययन र अवस्थालाई सुनिश्चित गर्छ। पीक्याफमा विश्वभर ६ महादेशका ४८० वित्तीय संस्था जोडिएका छन्। यसको सदस्य बनेसँगै एनआईसी एसियाले पनि पर्यावरणीय दिगोपनामा आफ्ना कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकन गर्ने प्रतिबद्धता जनाएको छ। ‘संसार वातावरणमैत्री अभ्यासतर्फ आधारभूत रुपमा …

पुरा पढ्नुहॊस »

बैंकको खराब कर्जा बढ्नुमा आर्थिक शिथिलता मुख्य कारण : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकको खराब कर्जा बढनुमा आर्थिक शिथिलता मूख्य कारण रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्जा बृद्धि नहुँदा पनि खराब कर्जा बढेको बताए । गभर्नर अधिकारीले मोनिटरिङ र रिफर्मको कारणले पनि सहि तथ्यांक बाहिर आउदा खराब कर्जा बढेको उनले बताए । …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल …

पुरा पढ्नुहॊस »

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकलाई यस्तो आग्रह गरिएको हो । बैंकको मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिनेछ । साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा …

पुरा पढ्नुहॊस »

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७औँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा बजारमा आफ्नो ३०७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित …

पुरा पढ्नुहॊस »