बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको आरोपमा दुई पक्राउ

काठमाडाै ।  काठमाडौंको नयाँ बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ। उनीहरूले पनि त्यस लुटपाटमा कोको संलग्न रहेको भन्ने जानकारी नभएको प्रहरीसँग वताएका छन् । 

जेनजीकाे प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भएको थियो । उक्त दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड तथा आगजनी भएको थियो। यो क्रममा बैंकको शाखाबाट सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम करिब १८ किलो सुन लुटिएको बै‌कले जानकारी दिएकाे छ ।

साँझैदेखि सामाजिक सञ्जालमा आएका भिडिओमा केही मानिसहरू बैंकबाट रकम लिएर निस्किँदै गरेको देखिएको थियो। ठूलो रकम र सुन लुटिएको भएपनि बरामद भइसकेको छैन।

नेपाली सेनाले यसअघि सुरूवाती दिनमा पाँच जनालाई बैंकमा लुटपाट गर्न खोजेको आशंकामा नियन्त्रणमा लिएको थियो।

काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको थियो। सो रकम कहाँकहाँबाट लुटपाट गरेको भन्ने खुलिसकेको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री