आईएमएफद्वारा नेपालका लागि ४ करोड डलरको विस्तारित ऋण सुविधा स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका लागि विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं किस्ता स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालको ईसीएफबारे विस्तृत समीक्षा गर्दै यो महत्त्वपूर्ण वित्तीय सहयोग अनुमोदन गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री रामेश्वर खनालले आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई सफलतापूर्वक अनुमोदन गरेको जानकारी दिए । खनालले यसलाई नेपालको आर्थिक स्थायित्व र विकास प्रयासका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।

यो स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रमअन्तर्गत ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ । यो रकम नेपालको भुक्तानी सन्तुलन सुदृढ गर्न, विदेशी मुद्रा सञ्चिति बढाउन र आर्थिक सुधारका एजेन्डाहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आईएमएफको यो सहयोगले नेपालको वित्तीय अनुशासन, संरचनात्मक सुधार र समष्टिगत आर्थिक व्यवस्थापनमा थप विश्वास सिर्जना गर्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री