काठमाडौं । नेपाल बैंकले काठमाडौंको न्यूरोडस्थित मुख्य शाखा कार्यालयमा पहिलो नगद निक्षेप मेसिन एक कार्यक्रमका बीच उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । सो नगद निक्षेप मेसिनको सञ्चालन पछि ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने कम्पनीले बताएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको कम्पनीको भनाइ छ । …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र पोष्टम इन्फोसिस बीच साझेदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टम बीच साझेदारी भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन् र ती सृजना गरिएका प्रस्तुतीहरुलाई विभिन्न माध्यममार्फत् मोनिटाइज गर्न सकिने छ । यो एपमार्फत सृजनाकर्ताहरूले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकमा सञ्चालक हेरफेर, अर्थले पठायो मैनालीलाई
काठमाडौं । कृषि विकास बैंकमा सञ्चालक हेरफेर भएको छ । अर्थ मन्त्रालयले यही २० गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक नियुक्त गरेको हो । सोअनुसार बैंक सञ्चालक समितिको २५ गते बसेको बैठकमा मैनालीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार सञ्चालक समिति सदस्यको शपथ लिएका छन् ।
पुरा पढ्नुहॊस »लक्ष्मी सनराइज बैंकले गर्यो वीरगन्जमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगन्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिङ्क रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकले असोज १३ बाट दशैंका लागि सुकिला नोट सटही गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंलाई लक्षित गर्दै अगामी असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ । विगतका वर्षमा नयाँ नोट दिंदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने योजना बनाएको छ ।
पुरा पढ्नुहॊस »नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा
काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड- २ र नबिल फ्लेक्सी क्याप फण्डले लाभांश घोषणा गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड-२ तर्फ आठ प्रतिशत र नबिल फ्लेक्सी क्याप फण्डतर्फ पाँच प्रतिशत नगद लाभांश …
पुरा पढ्नुहॊस »नेपाल एसबिआई बैंक लिमिटेडको भैरहवा शाखा स्थानान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो भैरहवा शाखा स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकका ग्राहकहरूलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका अनुसार यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ्ग पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ ।
पुरा पढ्नुहॊस »ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका सेवामा छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा ब्लु क्रसका सदस्यसचिव रजत श्रेष्ठ र प्रभु बैंकको वाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दीपेन्द्रबाबु विष्टले हस्ताक्षर गरे । यसअन्तर्गत प्रभु बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले ब्लु क्रसमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायत सेवामा ५०० देखि १२ सय रुपैयाँसम्म छुट …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सांसदहरूलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले प्रदेश सभाका सदस्यहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश सभाका …
पुरा पढ्नुहॊस »