मुक्तिनाथ विकास बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १८.२०% लाभांश पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

यस लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरू समेत पारित भएका छन् ।

जसअन्तर्गत बैंकको चुक्ता पुँजी ९ अर्ब ३ लाख १८ हजार ७ सय ६७ रुपैयाँ ११ पैसा पुर्‍याउने, सोहीअनुसार प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पुँजी वृद्धिपश्चात् नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरू स्वीकृत भएका छन् । यसै सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू पनि पारित भएका छन् ।

साधारण सभाको औपचारिक समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरे। उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य श्री भरतप्रसाद लम्सालले स्वागत मन्तव्य राखे भने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयरधनीहरूबाट सल्लाह, सुझाव र जिज्ञासाहरू प्राप्त भए । सेयरधनीहरूबाट आएका जिज्ञासाहरूका बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले थप स्पष्ट पारेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री