काठमाडौँ । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 बाट पुनः प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणाली Quality Management System) मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगस्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।
बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैङ्कहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।
बैंकका अनुसार यस प्रमाण पत्र प्राप्तिको लागि उक्त बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट समेत गरिएको थियो ।




