एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकको उक्त वार्षिक साधारण सभा मिति २०८२/०७/१२ मा सम्पन्न भएको हो। सभामा बैंकका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा बैंकको वित्तीय स्थिति, उपलब्धि र आगामी योजनाबारे विस्तृत जानकारी दिइएको थियो।

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै, बैंकले आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। सभाले ६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत पारित गरेको छ।

एभरेष्ट बैंक लिमिटेडले विगत तीन दशकदेखि नेपालको वित्तीय क्षेत्रको अग्रणी संस्थाको रूपमा सेवा पुर्‍याउँदै आएको छ। बैंकले देशभरका शाखा, एटीएम र डिजिटल सेवामार्फत ग्राहकहरूको वित्तीय आवश्यकताहरू पूरा गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री