काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यस बैंकका ग्राहकहरूले यस अस्पतालमा सेवा लिँदा OPD Ticket मा ५० प्रतिशत, Normal Bed Charge मा २५ प्रतिशत, ICU/NICU/PICU/CCU मा १० प्रतिशत, Surgical Treatments मा १५ प्रतिशत, Pathological Lab Charges मा १५ प्रतिशत, Radiological Services मा १५ प्रतिशत (CT / MRI बाहेक) र अन्य सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ ।
कम्पनीका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।




