बैंकिङ्ग

ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताएका हुन् । अहिले बैंकमा ५०० अर्ब लगानीयोग्य रकम रहेको र ब्याजदर पनि घटिरहेको सन्दर्भमा कर्जाको माग नहुनु चिन्ताको विषय रहेको उनको भनाई थियो । उनका अनुसार चालु आर्थिक वर्षको चैत्र १६ गतेसम्म कर्जाको वृद्धिदर …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ। सम्झौता अनुसार गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सक्नेछन्। सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र जिआइजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ। जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ। बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको बताएको छ। उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ (आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् मिति २०७९/०९/२७ गते देखि साबिक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको) । आर्थिक वर्ष …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले बिक्रीमा राख्यो १३ लाख कित्ता संस्थापक सेयर

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । एक सूचना जारी गर्दै बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा रहेको जानकारी दिएको हो । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।’ खरिद गर्न इच्छुकले हिमालयन बैंकको केन्द्रीय …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लि. बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (Systematic Investment Plan)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना- एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको …

पुरा पढ्नुहॊस »

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ

काठमाडौं । प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ गरेको छ । बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंक लि. का तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो । “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान

काठमाडौँ । ग्लोबल मनी विकको अवसरमा कुमारी बैंक लिमिटेडले देशभरका ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । ‘Protect your money, secure your future’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा कुमारी बैंकले अत्यन्तै प्रभावकारि तरिकाले सहभागिता जनाएको हो । वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकद्वारा लैङ्गिक समानता र महिला सशक्तीकरणबारे कार्यक्रम सम्पन्न

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो समर्पणलाई जोड दिँदै उद्घाटन ‘स्पार्क’ : २४ नेतृत्वमा महिला सशक्तीकरण– समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दवन सान्चेज, एफ सफ्ट ग्रुपका पीयूष पौडेल लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्नो …

पुरा पढ्नुहॊस »