काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज २९ डिसेम्बर २०२५ का दिन काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु. २६.८५ अर्ब पुग्नेछ ।
साधारणसभाले आर्थिक वर्ष २०२४/२५ (२०८१/८२) का लागि सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०२५/२६ (२०८२/८३) का लागि वैधानिक लेखापरीक्षक नियुक्त गरेको छ ।
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०२४/२५ को अन्त्यमा रु. ४४३ अर्बको वासलात आकार कायम गर्नुका साथै रु. ४.०६ अर्ब खुद नाफा आर्जन गरेको छ । बैंकका सबै प्रमुख वित्तीय सूचकहरू सावधानीगत तथा नियामक मापदण्डभित्र रहेको जनाइएको छ ।
तपाईंको प्रतिकृया




