काठमाडौं। सनराइज बैंक लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ स्थित होलिडे इन रिसोर्टमा
सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा सनराइज बैंक लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी. तथा
गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् ।
२०७५ वैशाख २५ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको सनराइज बैंक लिमिटेड २०७१ पुष २७ गते पब्लिक लिमिटेडमा रूपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच
तारे होटलको रूपमा आफूलाई स्थापना गर्न लागेको छ । सनराइज बैंक लिमिटेडले आफ्नै जारी पूँजीको २१ प्रतिशतले हुन आउने रकम आईपीओ (IPO – Initial Public Offering) को रूपमा सर्वसाधारणका लागि निष्कासन
गर्न लागेको हो ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा (Portfolio Management Services– PMS), डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी निक्षेप सदस्य (Depository Participant), सामूहिक लगानी कोषको योजना व्यवस्थापन (Mutual Fund Manager), धितोपत्र प्रत्याभूति सेवा (Securities UnderwritingServices), बिक्री प्रबन्धक (Issue Manager), शेयर रजिष्ट्रार (Share Registrar) र संस्थागत परामर्श सेवा (Corporate Advisory Service) प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरू ग्राहकसमक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू मार्फत सहजीकरण गर्दै आइएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ
परिष्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




