बैंकिङ्ग

इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपतिमा निर्मित संग्रहालय र महास्नान घरको उद्घाटन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको लगानी सहयोगमा उक्त संग्राहालय र महास्नानघर निर्माण गरिएको हो । संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला रहेका छन् । त्यस्तै, लिच्छबिकालिन मानदेवको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा प्रदेशमा महिलाले नेतृत्व गरेको शाखा विशेष घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ । साथै महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिला दिदीबहिनीको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलालाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकले सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पुर्याउने जनाएको छ । उपरोक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’

काठमाडौँ । एनआईसी एशिया बैंकले बचतको १० गुणासम्म प्रतिफल पाउने गरी ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त मुद्दति निक्षेपमा १० गुणासम्म प्रतिफल दिने जनाएको छ । जस्तो उक्त मुद्धती खातामा अहिले १ लाख रुपैयाँ बचत गर्ने हो भने अबको १९ वर्ष १ महिना १७ दिनपछि १० लाख र अहिले अहिले १० लाख रुपैयाँ डिपोजिट गरियो भने १ करोड रुपैयाँ फिर्ता पाइने छ । …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । १९ भदौदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए । श्रेष्ठको आगामी नेतृत्वले बैंकलाई प्रगतिको थप उचाईमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ । यसअघि श्रेष्ठको कार्यकालमा …

पुरा पढ्नुहॊस »

‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्धति खाता सञ्चालनमा

काठमाडाैं । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धति खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धति खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धति योजना सार्वजनिक गरेको हो। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ। सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट तथा विदेशमा रहेका …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निःशुल्क एटीएम कार्ड तथा माबाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सिज अग्रनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापछि फेकनमा आवद्ध कन्सल्टेन्सीलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको विशेष उपहार, आस्बा शुल्कमा पूर्ण छूट

काठमाडौँ । कुमारी बैंक लिमिटेडले भदौ १ देखि लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी–आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भदौ १ देखि कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायत पुँजीबजारका अन्य उपकरणमा आवदेन दिँदा कुनै शुल्क लाग्ने छैन । ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खातावाललाई विशेष …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ । सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

काठमाडौँ । सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच रु. ४ अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो । बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त …

पुरा पढ्नुहॊस »