कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु मध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशत सम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५५ छुट पाउनेछन्। यो छुट प्राप्त गर्नलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वर्ल्डलिंकका सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

साथै, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after