लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार २९ असारदेखि, सीईओमा शाह

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । असार २९ गतेदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गर्ने जानकारी दिएका छन् ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अजय विक्रम शाह हुने भएका छन् । हाल उनी लक्ष्मी बैंकको सीईओ छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस