बैंकिङ्ग

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा २५ सयसम्म छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने भएको छ । यसका लागि बैंकले दराजसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २९ भदौदेखि ११ असोजसम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सयसम्मको छुट …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७ को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा निक्षेप तथा …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटपोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन रगण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक रउक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गण्डकी …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ८ नयाँ शाखा उद्घाटन

काठमाडाैं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुङा, भगवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरे । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नबिल बैंकका …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकलाई एडिबिको टिएससीएफपी- लिडिङ बैंक इन नेपाल अवार्ड

काठमाडौँ । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि) ले टिएससीएफपी अवार्ड २०२२- लिडिङ बैंक इन नेपाल प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो । बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडिबिद्वारा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका छन् ।

पुरा पढ्नुहॊस »

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडाैं । माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यु.आर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडिओ केवाइसी सेवा सुरू

काठमाडाैँ ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडि भिडिओ केवाइसी सेवाको शुभारम्भ गरेको छ । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडिओ कल को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएकाे छ । बैंकका …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकले दराजमा कार्डमार्फत भुक्तानी गर्दा २५ सयसम्म छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको कम्पनीले वताएकाे छ । सम्झौतापश्चात बैंकका ग्राहकले अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत् भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको देशभरको शाखा कार्यालयहरुले ग्राहकमा वित्तीय साक्षरता बढाउन घर दैलो कार्यक्रम सम्पन्न गरेको जानकारी दिएकाे छ । बैंकले शनिबारका दिन देशभर वित्तिय साक्षरता बढाउनुको साथै आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन घर दैलो कार्यक्रम सम्पन्न गरेको वताएकाे छ । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा मात्र नभई बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य रहेको बैंकले जनाएको छ । याे कार्यक्रममा …

पुरा पढ्नुहॊस »