ग्लोबल आईएमई बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस