बैंकिङ्ग

ग्लोबल आइएमई र बिओकेबीच मर्जर सम्झौता, ५७ अर्ब पुँजीसहित देशकै ठूलो बैंक बन्दै

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडाैँ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न …

पुरा पढ्नुहॊस »

नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म ऋण दिने

काठमाडाैं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ । नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने बताइएको छ । टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद …

पुरा पढ्नुहॊस »

कामना सेवा बैंकको वार्षिक उत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन

काठमाडाैं । बुटवलमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै रक्तदान गरिएको हो । बुटवलमा रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्रसँगको सहजीकरणमा कार्यक्रम भएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रकत्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान …

पुरा पढ्नुहॊस »

कुमारी बैंक लिमिटेड र ‘द हिमालयन गृल बाइ बाजेको’बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको टोखास्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकहरुलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । द हिमालयन गृल बाइ बाजेको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन् । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा …

पुरा पढ्नुहॊस »

झापाको धुलाबारीमा एभरेष्ट बैंकको १२१औँ शाखा

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ। सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्लसिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे । उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले बैंकले यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्दै ग्राहकहरूले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश नियामक राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरू, अब बिना झण्झट सजिलै रकम पठाउन सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ । यससेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत्यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित (तस्बिरहरू)

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई केन्द्रित गरी आयोजना भएको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमका दौरान महिला उद्यामीहरुलाई सम्मानित गरिएको हो । उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्न वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »