निजी विद्यालयहरुको संस्थामा इन्भेष्टमेन्ट मेगाको डिजिटल बैंकिङ सेवा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको शुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको हो । सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

मङ्सिरमा हुन गैरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण …

प्रतिकृया दिनुहॊस