काठमाडाैं । सन सेक्युरिटिज प्रा.लि.ले काठमाण्डौ बाहिर तथा नेपाल बाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्ताहरुलाई लक्षित गरी १० दिनको शेयर तालिम सञ्चालन गर्ने भएको छ । यस तालिममा शेयर बजारका निम्न बमोजिमका विषयहरु समेटेर १० दिन सम्म अनलाईनमा गुगल मिटको माध्यमबाट यो तालिम सञ्चालन हुनेछ ।
तालिममा समावेश गरिने विषयहरुः
१. शेयर बजारको आधारभूत विश्लेषण
२. संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजर्सहरुले शेयर छनौट गर्ने विधि
३. लगानीमा लिभरेज (मार्जिन कारोबार आउँदै गरेको सम्बन्धमा) को प्रयोग तथा जोखिम व्यवस्थापन सम्बन्धमा ।
४. नेपालमा लगानीका लागि उपलब्ध वित्तिय साधनहरु
५. भ्यालु इन्भेष्टिङ्ग र मल्टि–बैगर्स शेयर पत्ता लगाउने तरिका (लगानी अनूभव सहित)
६. लगानीमा आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) को प्रयोग
७. प्राविधिक विश्लेषण (क्याण्डल, प्याटर्न, चार्ट, ट्रेण्ड र विभिन्न इण्डिकेटरहरु सहित)
८. वर्तमान परिवेशमा लगानीकर्ताहरुले कस्तो रणनीति अख्तियार गर्ने (प्यानेल डिस्कसन विथ अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त)
तालिम कार्यक्रम हरेक दिन साँझ ७ः३० देखि ९ः०० बजेसम्म गुगल मिट प्लेटफर्मबाट अनलाइन सञ्चालन हुनेछ ।



