बैंकिङ्ग

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर व्यवसायीको माग पूरा गरेको छ । मार्गदर्शनअनुसार गत कात्तिकसम्ममा तोकिएभन्दा बढी कर्जा फिर्ता गर्नुपर्ने थियो । तर राष्ट्र बैंकले आज मार्गदर्शन संशोधनको जानकारी दिँदै अब २०८२ असारसम्ममा राष्ट्र बैंकले तोकेभन्दा बढी कर्जा भुक्तान गरे हुने गरि संशोधन गरेको छ । नियमविपरीत सेयर र घरजग्गामा लगानी गरेका व्यवसायीहरु यस्तो कर्जाको सीमा घटाउन माग गर्दै चार महिनादेखि आन्दोलनमा थिए । ठूला …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा ५९ कर्मचारीहरुलाई सम्मान

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए । उनले उत्कृष्ट …

पुरा पढ्नुहॊस »

चिडियाखानाका दुई रातो हाब्रेलाई प्रभु बैंकले १ वर्षसम्म आहारा उपलब्ध गराउने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सहकार्य गर्ने सम्झौता भएको छ। दुई संस्थाबीच सदर चिडियाखानामा रहेका रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता भएको हो। प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत २ हाब्रेलाई …

पुरा पढ्नुहॊस »

१७औँ वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकद्वारा एकसाथ १३ वटा नयाँ शाखाको उद्‌घाटन

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्‍यो । बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ । ती नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् । सो अवसरमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंकले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो । देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरुले २४२ लिटर रगत दान गरेका छन् ।  

पुरा पढ्नुहॊस »

नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८०० रुपैंयामा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस्तै, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड, भेटी चढाउन सकिने

काठमाडाैं ।  माछापुच्छ्रे बैंक लि.ले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ। उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो। उक्त मन्दिरमा वर्षेनी थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भीडभाड हुने गर्दछ। डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ«्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थस्थल भैरवनाथ मन्दिरमा शनिबार भएको …

पुरा पढ्नुहॊस »

सहकारी बैंकको अध्यक्षमा फेरि उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा पुनः केबी उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । बैंकको १९औँ साधारणसभाले अध्यक्ष उप्रेतीसहित १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो । सञ्चालक समिति सदस्यमा प्रदेश १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा रहनुभएको छ । खुला …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकलाई एमआरएम अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिकरूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम–कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसन’ विधामा अवार्ड प्रदान गरेको हो । अवार्ड सिद्धार्थ बैंकका मानव संसाधन तथा विप्रेषण व्यवसाय एकाईका प्रमुख पंकज पन्तले ग्रहण गर्नुभएको थियो । ग्राहकप्रतिको प्रतिबद्धतालाई उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरित गरेको …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनका पठन सामग्रीमा छुट पाउने

काठमाडौँ । नबिल बैंक र मिडास एजुकेशनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५५ छुट प्राप्त गर्न सकिनेछ । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत …

पुरा पढ्नुहॊस »