बैंकिङ्ग

सिद्धार्थ बैंकको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको नक्सालस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । एक कार्यक्रमबीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जीवीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा बैंकले १५ वर्ष वा सोभन्दा बढी निरन्तर सेवारत कर्मचारीलाई पनि सम्मान गरेको छ । बैंकले केन्द्रीय कार्यालयका साथै पोखरा, विराटनगर र वीरगञ्जमा पनि आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्दै आएको जनााएको छ …

पुरा पढ्नुहॊस »

एनआईबिएल ग्रोथ फण्डमा लगानी गर्ने समय थपियाे

काठमाडाैँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । यस फण्डमा लगानी गर्ने समय थपिएकाे छ । यसअघि छिटाे अवधि आजसम्मका लागि ताेकिएकाेमा अब म्याद थपेर पौष २१ गतेसम्म पुर्याइएकाे छ । क्यापिटलले याेजना अवधिभर यस योजनाले वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूमा क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवा

काठमाडाैँ । बैंक अफ काठमाण्डू लिमिटेडले अब अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको छ। यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन्। यस सेवाको शुभारम्भ पश्चात् ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ। बैंकले ल्याएको यस …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी नियुक्त

काठमाडाैं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।  

पुरा पढ्नुहॊस »

मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । मेगा बैंक सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल बैशाख १ गतेबाट पूर्वसञ्चालन अबस्थाको कार्यकारी प्रमुख …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुरु ट्राभल्स लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्स लिमिटेडमा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको …

पुरा पढ्नुहॊस »

एकैदिन वाणिज्य बैंकका पाँच शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक पाँचवटा शाखा विस्तार गरेको छ । प्रदेश १ स्थित शाखा कार्यालय ताप्लेजुङ, तेह्रथुम, धुलाबारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिबार उद्घाटन गरिएको छ । पछिल्लो शाखासँगैै बैंंकको शाखा संख्या २६४ पुगेको बैंकले जनाएको छ । ताप्लेजुङको बैंक सञ्चालक दिलिपकुमार ढुंगाना, तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, धुलाबारीको झापा १ ‘ख’ का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलंगवाको …

पुरा पढ्नुहॊस »

धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ । बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो । नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे । योसँगै बैंकले सबैखाले कारोबार सेवा खुला समेत गरेको छ । शाखाले उत्तरी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले एकैपटक संचालनमा ल्यायो ८ नयाँ शाखारहित बैंकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा …

पुरा पढ्नुहॊस »

नेपालमै पहिलोपटक नबिलले सुरू गर्‍यो ‘एनबैंक’, कसरी प्रयोग गर्ने?

काठमाडाैँ । नबिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ। बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को सुरूआत गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको शुभारम्भ गरे। ‘योसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ,’ बैंकले भनेको छ, ‘मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन …

पुरा पढ्नुहॊस »