माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि सप्ताह २०२४’

काठमाडौँ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने Global Money Week- २०२४ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

“Protect Your Money Secure Your Future” भन्ने मूल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको Global Money Week- २०२४ अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी Global Money Week- २०२४ भव्य रुपमा मनाएको हो ।

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैङ्कहरूले प्रदान गरिरहेका डिजिटल सेवाहरू, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउँदै आएको छ ।

माछापुच्छ्रे बैंक लि. ले आम ग्राहक वर्गलाई लक्षित गर्दे यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरू मार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आईरहेकोछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस