कृषि विकास बैंकद्वारा सुनसरीमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरीको हरिनगरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम गरेको छ। हरिनगरको हरिनगर माविका कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा कार्यक्रम भएको हो।

कार्यक्रमका लागि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, हरिनगर शाखा प्रमुखको सहभागीता रहेको थियो। बैंकले कार्यक्रममा विद्यार्थीहरूलाई वित्तिय साक्षरताको बारेमा जानकारी गराउँदै परिवारमा पनि सिकाउन आग्रह गरेको थियो। करिव डेढ घण्टा लामो कक्षामा वित्तीय साक्षरताको महत्व र उद्देश्य, बैंकिङ्ग कारोबार, पारिवारिक बजेट, विप्रेषण, बीमा, गैरबैंकिङ कारोबारका बारेमा जानकारी दिइएको थियो।

कार्यक्रमलाई प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजीकरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडिका कारणहरूबारे प्रश्न गरेका थिए ।

यस कार्यक्रमलाई समेट्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विद्यार्थीहरूलाई विश्वमा बैंक र पैसाको सुरुवात, आजको डिजिटल बैंकिङ, बढ्दै गइरहेका चुनौती र भविष्यको बैंकिङ कस्तो हुनेछ भन्नेबारे जानकारी गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after