बैंकिङ्ग

राष्ट्र बैंकले साढे दुई अर्बको बचतपत्र जारी गर्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवर्षे अवधिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि दुई अर्ब ५० करोडको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको छ भने इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको ब्याजदर छ-छ महिनामा भुक्तानी हुनेछ भने ब्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका सबै शाखाबाट बीवाईडी ग्राहकलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन्। बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो। योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन्। यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ। यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ। यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ …

पुरा पढ्नुहॊस »

बैंकिङ सेवा स्वचालित बनाउन एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

काठमाडाैं । एभरेष्ट बैंकले आफ्ना विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ। ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आप्mनो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ। बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् । गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा …

पुरा पढ्नुहॊस »

आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’मा आबद्ध

काठमाडौँ । आइएमई पे नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो । सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्लेटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपश्चात उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रकमा बैंकका …

पुरा पढ्नुहॊस »

माघ महिनामा बैंकको निक्षेप संकलन २५ अर्बले बढ्यो

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु ४७ खर्ब ४१ अर्ब पुगेको हो । …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ कृषि कम्पनीको व्यवसायिक साझेदार सम्मेलन सम्पन्न

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ। कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य शृंखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ उक्त कम्पनी स्थापना भएको हो। मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा विस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरूको कृषि …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र कालिन्चोक दर्शन लिमिटेड बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा …

पुरा पढ्नुहॊस »

आईएमई पे र क्युएफएक्स सिनेमाजबीच मुभी टिकटमा ५० रुपैयाँ पैसा फिर्ता गर्ने सम्झौता

काठमाडाैं । आईएमई पे र क्युएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ। अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन्। यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ। अफरका लागि निर्दिष्ट गरिएका शर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन्। त्यसपश्चात् प्रयोगकर्ताहरुले पुनः …

पुरा पढ्नुहॊस »