सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई स्कुल व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ चुहाडेस्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मंगलबार स्कुल व्याग वितरण गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कुल व्याग तथा ४, ५, ९ र १० कक्षाका विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरिएको थियो ।

कार्यक्रममा कम्पनीको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का र श्री जनज्योति माध्यमिक विद्यालयको तर्फबाट अध्यक्ष उद्घब काफ्ले तथा प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति थियो । सो व्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा विश्वस्त रहेको कम्पनीले बताएको छ ।

कम्पनीले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० वटा एटीएम सञ्चालन गरिरहेको छ ।साथै कम्पनीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको पनि बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस