शेयर बजारः ३७.०६ अंकले घट्याे नेप्से

बिहीबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। बुधबार ३१ दशमलव ७६ अंकले घटेको बजार आज पनि ३७ दशमलव शून्य ६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो ।

बिहीबार २३२ वटा धितोपत्रको ४६ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक २ दशमलव ९३ प्रतिशतले घटेको हो।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा सूर्य लाइफ इन्स्योरेन्सको ८ करोड ४५ लाख ८७ हजार २३२ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस