प्रदिप नेपाल

टिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

लमजुङकाे मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ । मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ …

पुरा पढ्नुहॊस »

सरकारद्वारा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए । सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य …

पुरा पढ्नुहॊस »

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए। हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक …

पुरा पढ्नुहॊस »

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन्। शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ। त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।  

पुरा पढ्नुहॊस »

कृषि क्षेत्रका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

सरकारले कृषि क्षेत्रका लागि ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७९/७८ को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले कृषक पेन्सन लगायतका कार्यक्रम कृषि क्षेत्रको प्रवर्द्धनका लागि ल्याइएको बताए । सरकारले चालू आवको तुलनामा आगामी आवका लागि १४ अर्ब ८८ करोड बढी रकम विनियोजन गरेको हो। चालू आवमा सरकारले ४१ अर्ब १० करोड रकम विनियोजन गरिएको थियो भने आव ०७७/७९ मा ३७ अर्ब ४० करोड …

पुरा पढ्नुहॊस »

स्थानीय तहका निर्माणाधिन अस्पतालका लागि १० अर्ब बजेट विनियोजन

सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। ती अस्पतालको निर्माण सम्पन्न आगामी आर्थिक वर्षमा गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताउदै जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने जानकारी दिए । विदेशीलाई २० युनिट अपार्टमेन्ट बेच्न पाइने सरकारले निजी क्षेत्रको वर्षौं पुरानो माग पूरा …

पुरा पढ्नुहॊस »

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए । किसान हित कोष सञ्चालन गर्न एक …

पुरा पढ्नुहॊस »

तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला

आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ। नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो कुराको जानकारी दिए । उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको हो । सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन। यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको हो। मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ। १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

पुरा पढ्नुहॊस »

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन्। पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन्। श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाखमा विवाहका लागि एक …

पुरा पढ्नुहॊस »