प्रदिप नेपाल

मेलम्ची सुरूङमार्गको ढोका बन्द, खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक

काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ। मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो। मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक गरेको हो। ९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ। त्यस्तै अन्य शाखाले पनि …

पुरा पढ्नुहॊस »

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो। प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो। अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ। दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए । अहिलेसम्म विमान उड्ने विमानस्थल …

पुरा पढ्नुहॊस »

बागमती प्रदेशको नीति तथा कार्यक्रम सदनमा पेस

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम पेस गरेका हुन् । बागमती प्रदेशलाई शिक्षाको हबको रूपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने प्रदेश प्रमुख शर्माले बताए। प्रदेश सरकारले ‘एक विद्यालय, …

पुरा पढ्नुहॊस »

गुनासो सुन्नका लागि काठमाडौं महानगरमा सात दिनभित्र कल सेन्टर स्थापना गरिने

काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ। वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

कार्यपालिका सदस्यको निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायम रहने

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनको बीचमा सहमति गरि अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटै जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरि अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँचदलीय गठबन्धनले …

पुरा पढ्नुहॊस »

कम्युनिस्टले जस्ताे कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् । उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको …

पुरा पढ्नुहॊस »

६ जनामा कोरोना सङ्क्रमण, १३ जना सङ्क्रमणमुक्त

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा २ हजार ४११ मा कोरोना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण देखिएको हाे। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ रहेको छ। विगत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन्। आज …

पुरा पढ्नुहॊस »

तारा एयर दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइयो, बाँकी भाेलि ल्याइने

मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ। दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ। शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ। एउटा शव भने अझै फेला पर्न सकेको …

पुरा पढ्नुहॊस »

तारा एयर दुर्घटना : पोखराबाट शव काठमाडौं ल्याइँदै

मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखरा विमानस्थलमा झारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो। शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ। शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् । आइतबार विहान ९ बजेर ५५ …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका …

पुरा पढ्नुहॊस »