जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाे छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन्।

महामन्त्री थापाले भने, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस् ।”

एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए। स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो ।

महामन्त्री थापाले अबको आमनिर्वाचनमा भक्तपुरको उम्मेदवार चयनमा पार्टीले कुनै कमजोरी नदोहोर्याउने र भक्तपुरले रोजेकै व्यक्तिलाई टिकट दिने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस