प्रदिप नेपाल

स्थानीय तहका जनप्रतिनिधिहरुलाई कार्यक्षेत्र नछाड्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ। जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको हाे। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन्। आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमा रोक्न नमिल्ने भएकोले निर्वाचन प्रभावित गर्ने गरि स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै …

पुरा पढ्नुहॊस »

सेयर बजार निरन्तर ओरालाे, नेप्से २१०० बाट तल झर्‍याे

नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको हाे। नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालाे झरेकाे थियो । बिहान नेप्से खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक २ हजार ७१ अंकमा पुगेर बन्द भएको छ। बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको …

पुरा पढ्नुहॊस »

पक्राउ परेका आफ्ना नेता-कार्यकर्ता छाड्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ। राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता-कार्यकर्तालाई सुनियोजितरूपमा फसाइ नियम विपरित मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ १३ गते सरकारी जग्गासमेत बैना गरि ठगी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने …

पुरा पढ्नुहॊस »

भारतबाट आयो इन्धनकाे नयाँ मूल्यः पेट्रोल र मट्टितेलकाे लागत मूल्य बढ्याे, ग्यासकाे घट्याे

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। डिजेल प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको गुजराती राइदासलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ। जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो । निजको पति भगौतीप्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक …

पुरा पढ्नुहॊस »

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइएकाे हाे : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिएका छन्। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए। समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए। साथै मदन भण्डारी रंगशाला …

पुरा पढ्नुहॊस »

नेप्सेमा ओरालाे यात्रा कायमै, बुधबार ७ अंकले घट्याे

नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालाे लागेकाे छ। नेप्सेमा बुधबार ७.१९ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ। बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ । नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा २ सय २७ कम्पनी सेयर …

पुरा पढ्नुहॊस »

कमल थापा भन्छन्, ‘नेपालको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन्। बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् । ‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले बालेन्द्रलाई भने, ‘हाम्रो सहयोग सधैं रहन्छ’

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटेका हुन्। त्यसक्रममा शाहले महानगरको काममा सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले सरकारले पूर्णरुपमा सहयोग गर्ने बचन दिएको बताइएको छ। शाहले निर्वाचनमा चमत्कार गरेको भन्दै देउवाले खुसी व्यक्त गर्नुका साथै बधाई पनि दिएका थिए। ‘तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु। ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ। मलाई २४ …

पुरा पढ्नुहॊस »

के हाे ब्ल्याक बक्स?, यस्ता छन् जान्नै पर्ने रोचक तथ्य

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ। विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ। तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः १. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ …

पुरा पढ्नुहॊस »