File Photo

कार्यपालिका सदस्यको निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायम रहने

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनको बीचमा सहमति गरि अगाडि बढ्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटै जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरि अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँचदलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरि अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताए । उनले गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहोउन्जेलसम्म कायमै रहने बताए । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमा भित्रै आवधिक निर्वाचन हुने पनि स्पष्ट पारे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस