टिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

लमजुङकाे मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ ।

मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ । यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ । मृतक चार जनाकै शरीरको विभिन्न स्थानमा चोट लागेर मृत्यु भएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस