कम्युनिस्टले जस्ताे कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’

अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,’ उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौं भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन गरिएको बताएका छन् । उनले गठबन्धनका कारण केही नेतालाई अप्ठ्यारो परेकोसमेत बताएका हुन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस