प्रदिप नेपाल

कांग्रेस महाधिवेशनका लागि प्रेस युनियनद्वारा पाँच केन्द्रीय प्रतिनिधिको नाम फाइनल

प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ। युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए। युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। यस्तै, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधिमा चयन …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घट्यो

साताको पाँचौं कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ। कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ। …

पुरा पढ्नुहॊस »

कांग्रेस बैठकमा महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको हाे। वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए। काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ।

पुरा पढ्नुहॊस »

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउने अर्थमन्त्रीकाे दाबी

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन्। अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्रीले अर्थ समितिको बैठकमा बिहीबार यस्ताे दाबी गरेका हुन्। विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौती आएको र अब विस्तारै ती समाधान हुँदै जाने उनले बताए। अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए। अर्थतन्त्र नबुझेको …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घण्टा ढिलो गरी बैठक सुरु भएको हो। शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रीय समितिको बैठक बोलाइएको हो।

पुरा पढ्नुहॊस »

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जाँदै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो। मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ। मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ।

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनः यस्तो छ कार्यतालिका

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ। यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा। १. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे। २. उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ। अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नु हुनेछ र ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीहरुले राष्ट्रिय …

पुरा पढ्नुहॊस »

मुलुकको द्रुत आर्थिक उन्नतिका लागि परम्परागत नीतिहरुलाई समयानुकूल बनाउनु पर्छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशनअफ नेपालको ४५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीतिनियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हासिल हुने बताए। उनले …

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

डिशहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक अन्तर्गत ४० एमबिपिएस इन्टरनेट बार्षिक मात्र रु १२ हजार ९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन् । यो सुविधा २५ एमबिपिएस वार्षिक रु ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका …

पुरा पढ्नुहॊस »