लैंङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तीन दिने कार्यशाला राजधानीमा सुरु

लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता छ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, वाग्मती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेसी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिलाभित्रको विविधतालाई वकालत सुरु गरेको छ। समारोहमा हिमाल, पहाड, मधेस, नेवारी सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल सुरु भएको आयोजकले बताएको छ।

वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिए। लैङ्गिक, जातीय र आर्थिकरूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाल अब राज्यका सवाल बनाउन नसके समतामूलक संवृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरूको टिप्पणी थियो। ३ दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तर्क्रियात्मक प्रशिक्षण दिइनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस