प्रदिप नेपाल

नेतृत्वका कारण पार्टीले गति लिन सकेन, अब समीक्षा गरौंः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए। १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजस्तो आफ्नो महाधिवेशन …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनः भोटिङ प्रणाली पुरानै, मतदान गर्न समय लाग्ने

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नु पर्नेछ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो। मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो । शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबार हुँदै

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको …

पुरा पढ्नुहॊस »

ओलीकाे सुझाव, ‘कांग्रेस अरूको एजेण्डमा नहिँडोस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन्। उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नु पर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’ कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी …

पुरा पढ्नुहॊस »

२५९ जना काेराेना संक्रमित थपिए, ३३७ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ४८७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ७८६ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ७२८ जना रहेको छ। आज ३३७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

कांग्रेसको १४औँ महाधिवेशनः एउटै मञ्चमा देखिए ओली, नेपाल र प्रचण्ड

नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन्। काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन्। सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन्। एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशन सुरू, नेता र पाहुना आउने क्रम जारी

नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना आउने क्रम सुरू भइसकेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुगेका छन् ।

पुरा पढ्नुहॊस »

प्रभु बैंककाे साधारणसभा पुस १८ मा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट आयोजना हुनेछ। सभामा बैंकको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, अन्य …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनः रामचन्द्र पौडेलकाे पक्षमा समर्थन जुट्दै गएकाे दाबी

नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ। काठमाडौंमा शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेद्वारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो। सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो। सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइरालाकाे नाम चर्चामा छ ।

पुरा पढ्नुहॊस »

सूर्या लाइफले बाेलायाे पुस १९ का लागि साधारणसभा

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारणसभा १९ गते पुसमा बोलाएको छ। इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सभा आह्वान गरेको हो। सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सुरू हुनेछ। सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश …

पुरा पढ्नुहॊस »