जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

नलगाड नगरपालिका-५ झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेकाे हाे। दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे।

नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री