यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै

कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ। कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ। अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ। भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ।

यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ। यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ।

लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ। घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ। यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।

गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्र होइन गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईको गहुँत र गोबर पनि हिन्दुधर्ममा पवित्र छ । यसर्थ पनि तिहारमा गाईको पूजा गरिएको हो । गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ । यसदिन साँझमा घरघरमा दीपावली गरिन्छ भने बेलुका भैलो खेल्ने गरिन्छ ।

कुनैपनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । कार्तिक कृष्णऔंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले छोपी दिने विश्वासका साथ घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिने गरिएको हो ।

अर्को एक भनाइ अनुसार यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो। यस्तै सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्णऔंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा तिहारको तेस्रो दिनको विशेषता हो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी …

प्रतिकृया दिनुहॊस