गृहमन्त्री खाणले गरे सुदूरपश्चिमका पहिरो प्रभावित क्षेत्रकाे निरीक्षण

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आज डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोलासमेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिएका थिए।

सोही अवसरमा गृहमन्त्री खाणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए। उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे। हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा तीन जनाको मृत्यु भएको थियो। धनमालको ठूलो क्षति पुगेको थियो।

गन्यापधुरा–१ मा मात्रै एक अर्बभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको छ। पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन्। जोखिममा रहेका स्थानीयवासीले आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन्। उक्त गाउँपालिकामा मात्रै बाढीपहिराेबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस