प्रदिप नेपाल

पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो। वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य सामान्य घट्याे

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो। शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार …

पुरा पढ्नुहॊस »

अब बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइने

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए। माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ। त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे …

पुरा पढ्नुहॊस »

प्रकाशमान सिंहले पनि अवधारणापत्र सार्वजनिक गर्ने

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन्। महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेद्वारी तथा अवधारणा सार्वजनिक गर्ने भएका हुन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँगै रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्। महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका गगन थापाले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए। सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा …

पुरा पढ्नुहॊस »

नबिल बैंकले सार्वजनिक गर्याे ‘नबिल डिजिबैंक पोर्टल’

नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरेका हुन् । सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए । उनले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै …

पुरा पढ्नुहॊस »

इसेवा मनि ट्रान्सफरको ‘दिनदिनै उपहार योजना’मा स्विडेनबाट पूर्णप्रसाद शर्मा विजेता

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ। यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्णप्रसाद शर्मा’ विजेता घोषणा भएका थिए। शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए। उपहार चाहिँ, विजेता स्वयं स्विडेनमै भएकाले उनका प्रतिनिधिले लिएका थिए। विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्स लिमिटेडबीच सम्झौता

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

विश्वव्यापीरूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार सुरु भएको छ। अब बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका , यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत खल्ती एपबाट सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिनेछ। सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ। आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति भण्डारीसमक्ष बुझाएका हुन्। यसबारे आयोग र राष्ट्रपति कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्। आयोगले जारी गरेको विज्ञप्ति : राष्ट्रिय मानव अधिकार आयोगले आ. व. २०७७/२०७८ को वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ। संविधानको धारा २९४ (१) बमोजिम उक्त प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरिएको हो। प्रतिवेदनमा …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः थप २११ जनामा संक्रमण, ३२९ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ४५१ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ५५४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ७०१ जना रहेको छ। आज ३२९ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »