प्रदिप नेपाल

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। धुम्रबराह माध्यमिक विद्यालयको प्रागंणमा संचालित उक्त शिविरमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको छ। निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जना लाभन्वित भएको बैंकले जनाएको छ। उक्त अवसरमा विश्वब्यापी महामारीको रुपमा …

पुरा पढ्नुहॊस »

कांग्रेस १४औं महाधिवेशनः सानेपामा उपसभापतिको मतगणना सुरु

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ। सोमबार सम्पन्न निर्वाचन अन्तर्गत उपसभापतिको मत गणना ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो । दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा छन्। महेश आचार्य, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का र सुजाता कोइराला उपसभापतिको उम्मेद्वार रहेका छन्। उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ। यसअघि आज बिहान सम्पन्न सभापतिको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ। ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरेका छन्। सीडीसीबाट प्राप्त ऋणले …

पुरा पढ्नुहॊस »

आइसिटी अवार्ड-०२१ काे ‘स्पोन्सर’ मा डिशहोम फाइबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ। छैटौं संस्करणको आइसिटी अवार्डको पावर्ड वाइ स्पोन्सर (Powered by Sponsor) मा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ। आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमविपिएस इन्टरनेट प्रदान गर्नेछ। आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्। ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। …

पुरा पढ्नुहॊस »

शेयर बजारमा सामान्य गिरावट

शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौंथो दिन बुधबार सामान्य अंकले गिरावट हुँदै बन्द भएको छ। बुधबार उच्च उत्तार चढाबकाबीच १८९ कम्पनीको कारोबारमा ९६ वटा कम्पनीको शेयर कारोबार बढेको छ भने ८४ वटा कम्पनीको शेयर मूल्यम गिरावट र ९ वटा कम्पनीको शेयर मूल्य यथास्थितीमा नै रहेको नेप्सेले जनाएको छ। यस दिन शेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव २३ अंकले घट्दै २ हजार ४ सय १४ दशमलव ६२ …

पुरा पढ्नुहॊस »

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन्। पार्टीको वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे। पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको …

पुरा पढ्नुहॊस »

दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन्। उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र …

पुरा पढ्नुहॊस »

अवैध सुनसहित विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्। पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम …

पुरा पढ्नुहॊस »

सरकारले अवरुद्ध सदन खुलाउने प्रयास गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन्। नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याएका हुन्। “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पुरा पढ्नुहॊस »