‘पाँच दलीय गठबन्धन चुनावसम्म लैजान्छौँ’: अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताए।

उनले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिए। अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरे। उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस