राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी किनारमा छठीमाताको पूजा

छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छिन्।

छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेकी थिइन्। राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका ब्रतालुले पनि आजै अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन्।

चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दान गरेका बर्तालु रातभर छठ घाटमै जाग्राम बस्छन्। कार्तिक शुक्ल सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस